२०८३ बैशाख २४ गते , विहीबार

दमकमा ३३ पिन्ट रगत संकलन 

sajilo news
झापा
२०७९ जेष्ठ १३ गते , शुक्रबार
दमकमा ३३ पिन्ट रगत संकलन 

झापाको दमकमा शुक्रवार आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ । लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको ३१ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ३३ जनाले रगत दान गरेको युनियन माई पश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।

स्थानीय गणतन्त्र चौकमा आयोजना गरिएको रक्तदानमा युनियनका अध्यक्ष सुब्बासहित नेपाल विद्यार्थी संघ दमक नगर सभापति विशाल अधिकारी, नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष गान्धीप्रसाद भण्डारी, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक समितिका अध्यक्ष तुलसीप्रसाद दाहाल, अग्रज रक्तदाता ओमप्रकाश गौतम, सञ्चारकर्मीहरू नगेन्द्रमणि न्यौपाने, विष्णु पौडेल, जीवन चुँडाल ,रोममणि लामिछाने, सुजन केसी, विष्णुभक्त लामिछानेलगायतले रक्तदान गरेका थिए । रक्तदातामध्ये अग्रज ओमप्रकाश गौतमले ४२ औ पटक रगत दिएका छन् । रक्तदाताहरूलाई प्रशंसा पत्र वितरण गरिएको कार्यक्रम संयोजक गिरीराज भट्टराईले बताए ।

दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्य तथा उपप्रमुख रेगीना भट्टराई प्रसाईँको विशिष्ट आतिथ्यमा भएको रक्तदान शुभारम्भ कार्यक्रममा उपप्रमुख भट्टराई, प्रेस चौतारी १ नम्बर प्रदेश कमिटीका महासचिव गोपाल झापाली, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, रक्तसञ्चार सेवा केन्द्रका प्रवर्द्धन सिद्धार्थ दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार