२०८३ बैशाख २४ गते , विहीबार

जेठदेखि भदौसम्म सर्पको बिगबिगी, यसरी अपनाऔँ सावधानी

sajilo news
झापा
२०७९ जेष्ठ १२ गते , विहीबार
जेठदेखि भदौसम्म सर्पको बिगबिगी, यसरी अपनाऔँ सावधानी

जेठदेखि भदौसम्म सर्पले डस्ने सम्भावना बढी हुन्छ । वर्षाको मौसममा सर्पले टोक्ने सम्भावना धेरै हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सर्पले डसेमा ज्यानसमेत जाने उच्च सम्भावना हुने भएकाले यसबाट बच्न विशेष ध्यान दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

सर्पले डसेका व्यक्ति आत्तिन सक्ने भएकाले सान्त्वना दिनु पर्ने बताएको प्राधिकरणले सर्पले डसेको खण्डमा नजिकैको स्वास्थ्य संस्था तथा सर्प दंश उपचार केन्द्रमा लैजानु पर्ने जनाएको छ । सवारी साधनमा लैजाँदा घाइतेलाई बसाएर लैजानु पर्छ । यसो गर्दा सर्पले टोकेको ठाउँलाई सकेसम्म मुटुको सतहभन्दा तल राख्न प्राधिकरणले सुझाएको छ । घडी, चुरा, औँठी र पेटीलगायत खोल्नु पर्ने प्राधिकरणले आग्रह गरेको छ ।

सम्बन्धित समाचार