२०८३ बैशाख ७ गते , सोमबार

पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता

sajilo news
पत्रपत्रिका
२०७९ जेष्ठ ११ गते , बुधबार
पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता

झापा । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९र०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।
वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम लक्षित गरेको पनि जनाएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार