२०८१ माघ २५ गते , शुक्रबार

पेट्रोल र डिजेलको मुल्य १० रुपैयाँले बढ्यो, ग्यासमा २०० रुपैयाँ

sajilo news
झापा
२०७९ जेष्ठ ८ गते , आईतबार
पेट्रोल र डिजेलको मुल्य १० रुपैयाँले बढ्यो, ग्यासमा २०० रुपैयाँ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । त्यस्तै निगमले एलपी ग्यास प्रति सिलिन्डरमा २०० रुपैयाँ बढाएको छ । अब ग्यासको मुल्य १८०० पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।  

सम्बन्धित समाचार