२०८३ बैशाख २४ गते , विहीबार

ओमसाइ अस्पतालको डायलासिस सेवा अब लहानबाट पनि

sajilo news
झापा
२०७९ जेष्ठ ८ गते , आईतबार
ओमसाइ अस्पतालको डायलासिस सेवा अब लहानबाट पनि

झापा । ओम साइ पाथीभरा अस्पताल भद्रपुरले लहानबाट पनि डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले लहानको जनकपुर बस स्टेण्डको डायलासिस शाखाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालले मिर्गौला रोगीहरूको सङ्ख्या बढिरहेको वर्तमान अवस्थामा विभिन्न स्थानहरूमा शाखा स्थापना गर्ने क्रममा लहानबाट १० शय्याको डायलासिस सेवा सुरु गरेको बताएको छ ।

अस्पतालले अब लहान तथा सिराहा जिल्ला आसपासमा रहेका मिर्गौलाका बिरामीहरूले डायलासिस गर्न अब लहानदेखि धरान, विराटनगर तथा अन्यत्र धाइरहनु नपर्ने जनाएको छ । अस्पतालले दमक, इटहरी, बर्दिबासमा पनि डायलासिसको शाखाहरू स्थापना गरी सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ । अब लहानपछि चाडै इटहरीको डायलासिस शाखाबाट पनि सेवा प्रदान गर्ने तयारी रहेको अस्पतालका प्रशासक मनोज दाहालले बताए । उनका अनुसार लहानबाट हाललाई सःशुल्कमा सेवा प्रदान गरिने छ । नेपाल सरकारद्वारा प्रदान गरिने विपन्न सेवाको निःशुल्क डायलासिसको लागि पनि तयारी गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयबाट विपन्न नागरिक अन्तर्गत निःशुल्क सुचीमा सूचीकृत भएपछि सबै शाखाहरूबाट निःशुल्क डायलासिस सेवा प्रवाह गरिने उनले बताए । ओम साइ पाथीभरा अस्पताल भद्रपुरमा पनि अहिले ११ वटा मेसिनबाट दैनिक तीन सिफ्ट गरेर महिनामा ९५ जना बिरामीहरूले हप्तामा २/३ पल्ट निःशुल्क डायलासिस सेवा लिँदै आएका छन् ।

 

सम्बन्धित समाचार