२०८३ बैशाख २४ गते , विहीबार

विश्व नर्सिङ दिवस : ओम साई हस्पिटलद्वारा उत्कृष्ट नर्स सम्मानित

sajilo news
झापा
२०७९ बैशाख २९ गते , विहीबार
विश्व नर्सिङ दिवस : ओम साई हस्पिटलद्वारा उत्कृष्ट नर्स सम्मानित

२०२ औं विश्व नर्सिङ दिवसको अवसर पारेर भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलले उत्कृष्ट नर्सलाई सम्मान गरेको छ । नर्सिङ विभागकी प्रमुख निशा पाठकको अध्यक्षता तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष दीपककुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि नर्सिङ सेवामा कार्यरत निर्मला बाँस्कोटालाई कदर पत्र ,नगद ५००० र दोसल्लासहित उत्कृष्ट नर्स २०७८ बाट सम्मान गरिएको थियो ।

अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा अस्पतालका अध्यक्ष दीपक पोखरेल, निर्देशक बालकुमार पोखरेललगायत नर्सहरूको टोलीले अस्पतालभित्र रहेका बिरामीहरूलाई फलफूल तथा जुस वितरण गरेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासकीय प्रमुख दिपकुमार पौडेलले गरेका थिए ।

 

सम्बन्धित समाचार