२०७९ जेष्ठ ८ गते , आईतबार

इलाममा माइक्रो बसभित्रै किशोरीमाथि यौन दुर्व्यवहार

sajilo news
इलाम
२०७९ बैशाख २५ गते , आईतबार
इलाममा माइक्रो बसभित्रै किशोरीमाथि यौन दुर्व्यवहार

इलाममा १७ वर्षीया किशोरीमाथि माइक्रो बसमा यौन दुर्व्यवहार भएको छ ।  उनलाई यौन दुर्व्यवहार गरेको आरोपमा बा।५ ख ५९८२ नम्बरको माइक्रो बसका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।उक्त गाडीमा काठमाडौँबाट इलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनापछि किशोर फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ बगुवा बस्ने ३४ वर्षीय दीपक ढुङ्गाना रहेका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार