२०८३ बैशाख २४ गते , विहीबार
बिएण्डसीद्वारा साङ्लोमा बाँधिएका हल्दिबारीका अर्का युवकको पनि उद्धार
बिएण्डसी हस्पिटलका सञ्चालक एवं एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले साङ्लोमा बाँधिएका हल्दिबारीका अर्का युवकको १० वर्षपछि उद्धार गरेका छन् ।
हल्दिबारी १ गोलधापका २८ वर्षीय केशव बस्नेतको आइतबार घरमै गएर उनले उद्धार गरेका हुन् । प्रसाईँले केही महिनाअघि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गङ्गाप्रसाद ढकालको उद्धार गर्दै बिएण्डसी अस्पतालमा निःशुल्क उपचार गरेका थिए । गोलधाप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँ हो ।