२०८१ माघ २५ गते , शुक्रबार

भन्सार छलेर नेपाल भित्राइएको ८ लाख रुपैयाँ बढीको सामान बरामद

sajilo news
मोरङ
२०७९ बैशाख १२ गते , सोमबार
भन्सार छलेर नेपाल भित्राइएको ८ लाख रुपैयाँ बढीको सामान बरामद

पछिल्लो समयमा पूर्वका जिल्लामा चोरी तस्करी बढेको छ । यसैक्रममा मोरङ प्रहरीले जिल्लाको विभिन्न स्थानहरूबाट ठुलो परिमाणमा विभिन्न किसिमका अवैध सामान बरामद गरेको छ । सो सामान भन्सार छलेर नेपाल भित्राइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामान बरामद गरेको हो । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार