२०८१ माघ २५ गते , शुक्रबार

भन्सार छलेर भित्राइएको करिब १९ लाखको लत्ताकपडा बरामद 

sajilo news
मोरङ
२०७९ बैशाख ५ गते , सोमबार
भन्सार छलेर भित्राइएको करिब १९ लाखको लत्ताकपडा बरामद 

मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका- ७ बाट अवैध रुपमा भन्सार छलेर भित्राइएको १५ लाख १ हजार ७ सय मुल्य बरावरको कपडा बरामद गरेको छ । सो मूल्यको सामान तस्करले प्लास्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा भित्राइ लुकाई छिपाई राखेको अवस्था प्रहरीले बरामद गरेको हो । सो सामानलाई 

आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले विराटनगर- १६ बाट ४ लाख ९ हजार  बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार