२०८३ बैशाख २४ गते , विहीबार

हल्दिबारी गाउँपालिकाकै अगाडी एक युवक साङ्लोले बाँधिएको अवस्थामा फेला, उपचार खर्चको अभाव

sajilo news
झापा
२०७९ बैशाख ४ गते , आईतबार
हल्दिबारी गाउँपालिकाकै अगाडी एक युवक साङ्लोले बाँधिएको अवस्थामा फेला, उपचार खर्चको अभाव

आर्थिक अभावका कारण उपचार गर्न नसकेर एक युवक हल्दिबारी गाउँपालिकाको गेट अगाडि नै साङ्लोले बाँधिएको अवस्थामा भेटिएको छ । 

हल्दिवारी- ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राखेका छन्  । चन्द्रको घर हाल गाउँपालिकाको नयाँ कार्यालय भवन बन्दै गरेको ठिक अगाडी पर्छ । उपचार खर्च जुटाउन नसक्दा बुबा चन्द्रप्रसादले छोरालाई बाँधेर राख्न बाध्य बनेका छन् । 

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका  गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर घरमै थला परेका छन् । छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो समेत पोखेका छन् । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको छैन । बरु भोट माग्नेको लस्कर र पार्टीको झन्डा फराउने भने कम छैनन् । छोराको उपचार खर्च जुटाइदिन उनका परिवारले सबै समक्ष आग्रह समेत गरेका छन् । 

सम्बन्धित समाचार