२०८३ बैशाख १९ गते , शनिबार

चितुवाको छाला र खप्परसहित चार जना पक्राउ

sajilo news
झापा
२०७९ बैशाख ४ गते , आईतबार
चितुवाको छाला र खप्परसहित चार जना पक्राउ

काठमाडौँको बुढानीलकण्ठबाट चितुवाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका–७ गल्फुटारबाट उनीहरूलाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो । 

दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चिम गेस्ट हाउसबाट चार जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चाँगुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् । 

उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउकोको खप्पर एक थान, चार थान मोबाइल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ । 

सम्बन्धित समाचार