२०८३ बैशाख २४ गते , विहीबार
६० नेत्रहीन परिवारलाई झुल वितरण
झापा नेत्रहीन संघको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संघका अध्यक्ष सृजना बरालको अध्यक्षता र जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहयोगी संस्था स्वच्छ समाजका लागि सामाजिक अभियान झापाको तर्फबाट ६० नेत्रहीन परिवारलाई झुल वितरण गरिएको छ ।
कार्यक्रममा सहयोगी दाताहरू कृष्णमाया कार्की,हेमलता लिम्बू,गोमा मैनाली खड्का, संगम राई, निलम अग्रवाललाई संस्थाको तर्फबाट धन्यवाद दिइएको थियो । कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुङ्गाना, कृष्ण हुमागाईँ, शर्मिला बिक,द्रोण निरौला, शिशिर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव भोजकुमार तामाङले गरेका थिए ।