२०८३ बैशाख २४ गते , विहीबार

कोरोना अपडेट : देशभर ५६८ जना सक्रिय संक्रमित

sajilo news
झापा
२०७८ चैत्र २८ गते , सोमबार
कोरोना अपडेट : देशभर ५६८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज ४६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा यस रोगबाट हालसम्म  मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ  । त्यसैगरी पछिल्लो समय १५ हजार ३५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५३६ रहेको छ । अहिले होम आइसोलेशनमा ५४४  रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् । 
 

सम्बन्धित समाचार