२०८३ बैशाख २४ गते , विहीबार

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

sajilo news
पत्रपत्रिका
२०७८ चैत्र २३ गते , बुधबार
जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।

नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एकरदुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । ।

नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पदार्थ खरिद गरेर नेपालमा जीवनजल उत्पादन गर्न नसकेपछि उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपियाँ तोकेको छ।

तर, एक प्याकेट जीवनजल उत्पादन गर्नका लागि १५ देखि १७ रुपियाँ लागत पर्छ भने सधैं घाटामा मात्र कसरी उत्पादन गर्न सकिन्छ भन्दै उनले सात रुपियाँ नोक्सानमा जीवनजल उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था नरहेका कारण उत्पादन बन्द गर्नु परेको उनले बताए । आदि रेमेडिज प्रालिका सञ्चालकसमेत रहनुभएका बराल स्वयंले गएको माघ महिनादेखि जीवनजल उत्पादन गर्न छोडेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार