२०८३ बैशाख २४ गते , विहीबार

सेवा क्यानडाले दियो पथरिया स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड स्क्यानर मेसिन 

sajilo news
झापा
२०७८ चैत्र १६ गते , बुधबार
सेवा क्यानडाले दियो पथरिया स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड स्क्यानर मेसिन 

विगतमा झैँ पुनः झापाको सामाजिक क्षेत्रमा हिमानी कोषको गतिविधि बढ्न थालेको छ। हिमानी कोष, झापाको पहलमा सेवा क्यानडा इन्टरनेशनलले उपलब्ध गराएको अल्ट्रासाउन्ड स्क्यानर मेसिन कचनकवल गाउँपालिका ३ स्थित स्वास्थ्य चौकी पथरियालाई बुधवार हस्तान्तरण गरिएको छ।

हिमानी कोष जिल्ला कोडिनेटर पुनम सिंह राजवंशीले स्वास्थ्य सामाग्री कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमलाई हस्तान्तरण गरेकी छिन् । सो हस्तान्तरण कार्यक्रममा कचनकवल ३ का वडा अध्यक्ष विजयकुमार राजवंशी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राजवंशी लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। जिल्ला कोडिनेटर पुनम सिंह राजवंशीका अनुसार कोषले यस प्रकारको सहायतालाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै लैजाने बताइन् । 

सम्बन्धित समाचार