२०८३ असार १४ गते , आईतबार

भद्रपुरमा स्वास्थ्य शिविर तथा पोषण सम्बन्धी कार्यक्रम

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
भद्रपुरमा स्वास्थ्य शिविर तथा पोषण सम्बन्धी कार्यक्रम

(वीरेन्द्र न्यौपाने) भद्रपुर । भद्रपुर ९ स्थित पशुपति आधारभूत विद्यालयमा एक दिने स्वास्थ्य शिविर तथा पोषण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको आयोजना तथा मेची अस्पताल पोषण पुनर्स्थापना केन्द्रको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूका सन्तानहरूको वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गर्नुका साथै महिला शेयर सदस्यहरूलाई पोषण युक्त खाना बनाउन सिकाउँदै बच्चाहरूको वृद्धि विकास कसरी गर्न सकिन्छ भनेर समेत सिकाइएको थियो । 

सहकारी संस्थाका अध्यक्ष हरि गौतम को सभापतित्व तथा मेची अञ्चल अस्पतालका बाल रोग विशेषज्ञ डा रबिन रेग्मीको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रेग्मी मेडिकल अफिसर डा पारिजात सरकार पोषण पुन स्थापना गृहका कर्मचारीहरूले स्वास्थ्य शिविरमा सहयोग गरेका थिए ।

भद्रपुर ९ का ५० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको उद्घाटन कार्यक्रमको औचित्य माथि प्रकाश संस्थाका अध्यक्ष गौतमले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य दुर्गा निरौलाले र सञ्चालन कोषाध्यक्ष उर्मिला गौतमले गरेकी थिइन ।

सम्बन्धित समाचार