२०८३ बैशाख २४ गते , विहीबार
नेपालमा ८१ प्रतिशतले लगाए खोप, थप ४५ जनामा संक्रमण
नेपालमा लक्षित जनसंख्याको ८१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार ९२ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।
यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा ४५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ४७ सय ५२ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन् भने १४७ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्। आज पनि कोरोना संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। देशभर २७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।