२०८३ बैशाख २४ गते , विहीबार

कचनकवलको बनियानीमा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २३ गते , सोमबार
कचनकवलको बनियानीमा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा आएको छ । स्थानीय सुभाष कार्की, प्रशान्त झा, मिंकु झा र धर्मेन्द्रप्रसाद यादवको करिब
२ करोड रुपैयाँको संयुक्त लगानीमा कचनकवल- ६ स्थित बनियानी चोकमा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो ।
सो पोली क्लिनिकको सोमबार एक कार्यक्रमका बिच  प्रदेश १ का भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले उद्घाटन गरेका हुन् । १५ बेड क्षमतासहितको यस पोलि क्लिनिकमा २४ घण्टा आकस्मिक सेवा, ल्याब, इसिजि, भिडियो एक्स-रे साथै ओपिडी सेवा सञ्चालनमा ल्याएको  पोलि क्लिनिकका संस्थापक सुभाष कार्कीले जानकारी दिए ।
साथै फिजियो थेरापी, विभिन्न विशेषज्ञ डाक्टरहरूले पनि नियमित सेवा दिने उनको भनाई छ । स्थानीय स्तरमा स्वास्थ्य सहजता पुर्‍याउने उद्देश्यले जिल्लाको दक्षिणी क्षेत्रमा खोलिएको यस पोलि क्लिनिकबाट सेवाग्राहीहरूले २४ घण्टा सेवा पाउने बताइएको छ ।
गाउँपालिकामा सरकारी स्वास्थ्य संस्थाबाहेक अन्य सुविधा सम्पन्न अस्पताल नरहेकोले यहाँका बिरामी उपचारका लागि भद्रपुर वा बिर्तामोड धाउनु पर्ने बाध्यता थियो । त्यसलाई बाध्यतालाई सहज बनाउन गाउँपालिकाभित्रै सुविधा सम्पन्न पोलि क्लिनिक सञ्चालनमा ल्याएको उनले बताए ।

सम्बन्धित समाचार