२०८३ बैशाख २४ गते , विहीबार

मेची अस्पतालमा जोर्नी प्रत्यारोपणको जटिल शल्यक्रिया सफल

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १८ गते , बुधबार
मेची अस्पतालमा जोर्नी प्रत्यारोपणको जटिल शल्यक्रिया सफल

झापा । भद्रपुरस्थित मेची अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण (हिप आर्थोप्लाष्टि) को सफल शल्यक्रिया गरिएको छ ।  गत फागुन ४ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका हल्दिबारी गाउँपालिका- ४ निवासी ५५ वर्षीय सुरेन मेचेको दाहिने कम्मरको जोर्नी भाँचिएको थियो ।

जोर्नी भाँचिएपछि उनी अस्पतालमा उपचाररत थिए । उनको अस्पतालमा कार्यरत अर्थोपेडिक डा. विजय भुजेल, अर्थोपेडिक डा. प्रकाशकुमार श्रेष्ठ र डा. रमेश श्रेष्ठ, एनेष्थेसिया डा. प्राण श्रेष्ठसहित टोलीले सफल शल्यक्रिया गरेका हुन् । अस्पतालमा चिकित्सक नहुँदा यस्ता जटिल बिरामीलाई शल्यक्रियाका लागि अस्पतालले अन्यत्र रेफर गर्दै आएका थिए ।

मेची अस्पतालमा पछिल्लो पटक विशेषज्ञ चिकित्सकहरूको दरबन्दी थपिएसँगै बिरामीहरू अन्यत्र रेफर गरी पठाउने सङ्ख्यामा कमी आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए । 

सम्बन्धित समाचार