२०८३ बैशाख २४ गते , विहीबार
थाइराइड रोगको समस्याबाट बच्न यी ५ खानेकुराबाट जोगिनुस्
झापा । थाइराइडका रोगीको सङ्ख्या पछिल्ला दिनमा बढिरहेको अध्ययनहरूले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको सङ्ख्या बढिरहेको छ । थाइराइडका कारण, श्वासप्रश्वास, कोलेस्ट्रोलको समस्या, डिप्रेसन, डायबिटिज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ । चिकित्सकहरूका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइड भएको खण्डमा के खाने के नखाने भन्ने जानकारी लिनु आवश्यक छ ।
आयोडिनयुक्त खाना
थाइराइड ग्ल्याणले हाम्रो शरिरमा आयोडिनलाई लिएर थाइराइड हर्मोन उत्पादन गर्छ । यसका लागि हाइपोथाराइड भएको खण्डमा आयोडिन धेरै भएको खाने कुरालाई टाढा राख्न फाइदाजनक हुन्छ । सी फुड तथा आयोडिनयुक्त नुनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।
कफी
कफिले सिधै थाइराइड बढाउँदैन । तर यसले थाइराइडको कारण उत्पन्न हुने दुखाइलाई बढवा दिन्छ । जस्तै बैचनी तथा निन्द्रा आदी यसका समस्या हुन् ।
रेतो मासु
रातो मासुमा कोलेस्ट्रोल तथा फ्याट बढी हुन्छ । यसको प्रयोगले तौल तीव्र रुपमा बढ्छ । थाइराइड हुनेको तौल त यसै पनि तीव्र रूपमा बढ्छ । जसका कारण थप समस्या हुन्छ ।
रक्सी
थाइराइड भएकालाई रक्सी , बियर आदिले निकै प्रभावित गर्छ । यसले गर्दा शारीरिक ऊर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ ।
वनस्पति घ्यू
वनस्पति घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलेस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू बजारमा भएका होटल आदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् ।