२०८२ बैशाख ५ गते , शुक्रबार
रूसविरुद्ध अन्तराष्ट्रिय अदालत गयो युक्रेन, संयुक्त राष्ट्रसंघद्वारा थप सहयोगको वाचा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना तर्फबाट रूसविरुद्ध अन्तराष्ट्रिय अदालत (आईसीजे) मा उजुरी हालेको जानकारी दिएका छन्।
उजुरीमा रूसले युद्धको बहानामा निर्दोष नागरिकमाथि नरसंहार गरेको बताइएको छ। युक्रेनले अदालतसँग रूसको सैन्य कारबाही रोक्ने आदेश र सजाय दिनुपर्ने माग गरेको छ। रूसविरुद्धको यो उजुरीमा अर्को साता सुनुवाइ हुने बताइएको छ।
संयुक्त राष्ट्रसंघद्वारा थप सहयोगको वाचा
संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको फोनवार्तामा युक्रेनी जनतालाई थप मानवीय सहायता उपलब्ध गराउने वाचा गरेका छन्। महासचिवले युक्रेनका जनतालाई मानवीय सहायता बढाउन संयुक्त राष्ट्रसंघको संकल्प राष्ट्रपतिसँग प्रतिबद्धता व्यक्त गरे।