२०८२ बैशाख ९ गते , मंगलबार

३५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १४ गते , शनिबार
३५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनको सेनाले ३ हजार ५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यस्तै‚ करिब २०० जनालाई बन्दी बनाइएको उनीहरूको दाबी छ।

युक्रेनी सेनाको दाबीअनुसार रूसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्यांक पनि गुमाएको बिबिसीले जनाएको छ। रूसी सेना  अहिले युक्रेनको राजधानी किभमा पुगेको छ। राजधानी दुवै पक्षको बमबारी भइरहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले जनाएका छन्।

रूसले युक्रेनमाथि तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ। राजधानी किभमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरू भने सार्वजनिक भएका छैनन्। 

सम्बन्धित समाचार