२०८२ बैशाख १६ गते , मंगलबार
पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको युक्रेनको दाबी

एजेन्सी । युक्रेनले पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ। युक्रेनी सैन्य अधिकारीका अनुसार एयर डिफेन्सले पूर्वमा रुसी जेटलाई खसालेको बताएको छ। तर‚ यसबारेमा रुसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको दाबी गरेका थिए। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताएको रोयटर्सले जनाएको छ।