२०८३ बैशाख २४ गते , विहीबार

सेवा क्यानडाद्वारा स्वास्थ्य चौकी राजगढलाई अल्ट्रासाउन्ड मेसिन

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
सेवा क्यानडाद्वारा स्वास्थ्य चौकी राजगढलाई अल्ट्रासाउन्ड मेसिन
झापा । बाह्रदशी गाउँपालिका- २ स्थित स्वास्थ्य चौकी राजगढलाई  अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ। 
हिमानी कोष झापाको पहलमा सेवा क्यानडा इन्टरनेशनलले उपलब्ध गराएको अल्ट्रासाउन्ड मेसिन बिहीबार एक संक्षिप्त कार्यक्रमका बिच हस्तान्तर गरिएको हो ।
हिमानी कोष झापाकी संयोजक तथा सेवा क्यानडा इन्टरनेशलकी प्रतिनिधि पुनम सिंह राजवंशीले सो मेसिन बाह्रदशी गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशी र पूर्व मन्त्री टेकनारायण सिंह राजवंशीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बाह्रदशी ३ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद राजवंशी, समाजसेवी रामकुमार राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
सेवा क्यानडा इन्टरनेशनलले विगतदेखि नै स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस पटक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको इन्टरनेशलकी प्रतिनिधि राजवंशीले बताइन् ।  सेवा क्यानडाले यसअघि बाह्रदशी गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर, स्यानिटाइजर, पिपी सेट, मास्क, पन्जा र स्वास्थ्य चौकी राजगढलाई ४० लिटरको अक्सिजन सिलिन्डर, बेड साइड लकर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको छ । 

सम्बन्धित समाचार