२०८३ बैशाख २४ गते , विहीबार
आज संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बरभन्दा बढी
झापा । गत २४ घन्टामा देशभरि ६ सय ८० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ७ हजार ९५ जनामा गरिएको परीक्षणमा ६ सय ८० जना संक्रमित भेटिएका हुन्। यही समयमा २ जना संक्रमितको मृत्यु भएको छ।
आज १ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभरि १९ हजार ४ सय सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।