२०८३ बैशाख २४ गते , विहीबार

संक्रमितभन्दा मुक्त हुनेको संख्या दोब्बर, आज ८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २ गते , सोमबार
संक्रमितभन्दा मुक्त हुनेको संख्या दोब्बर, आज ८ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ७ सय ४७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ६ सय ९६ जनामा गरिएको परीक्षणमा ७ सय ४७ जना संक्रमित भेटिएका हुन्। 

यस्तै, आज ८ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २० हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै, गत २४ घन्टामा देशभर २ लाख १६ हजार १ सय १८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

सम्बन्धित समाचार