२०८३ बैशाख २४ गते , विहीबार

थपिए ११२८ जना संक्रमित, १४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २८ गते , शुक्रबार
थपिए ११२८ जना संक्रमित, १४ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय २८ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २० हजार ९ सय ८९ जनामा गरिएको परीक्षणमा १ हजार १ सय २८ जना संक्रमित थपिएका हुन्। यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको मन्त्रालयले जनाएको छ। 

यस्तै आज १४ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।  मन्त्रालयको विवरणअनुसार हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित समाचार