२०८२ फाल्गुन २८ गते , विहीबार

सारेगमप लिटिल च्याम्सकी कृपालाई गृहजिल्ला झापामा भव्य स्वागत

sajilo news
पार्थ मण्डल
२०७८ माघ २७ गते , विहीबार
सारेगमप लिटिल च्याम्सकी कृपालाई गृहजिल्ला झापामा भव्य स्वागत
भद्रपुर । ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज यहाँ भव्य स्वागत गरिएको छ । उनलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन् ।

उनी विजेता बनेपछि आज पहिलोपटक गृहजिल्ला फर्किएकी छिन् । विमानस्थलमै सयौँको सङ्ख्यामा स्वागतका लागि लामबद्ध साहित्यकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, आफन्तजनसँग उनले खुसी हुँदै भनिन्, “यो मेरो मात्र होइन जिल्लावासीकै सफलता हो ।” उनलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमिटरसम्मको दूरीमा रहेको गृह नगर बिर्तामोड पु¥याइएको छ ।

पौडेललाई जिताउन जिल्लामा नगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा ‘कृपा जिताऊ अभियान’ नै सञ्चालन गरिएको थियो । सो अभियानले बिर्तामोडस्थित झापा नाटक घरमा आज सम्मानको कार्यक्रमसमेत आयोजना गरेको समितिकी सदस्य तथा नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीले जानकारी दिइन् ।

सम्बन्धित समाचार