२०८३ भाद्र १४ गते , आईतबार
नहरमा डुबेर एक जनाको मृत्यु
मोरङ । कटहरी गाउँपालिका–३ स्थित नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१९ घर भई जहदा गाउँपालिका–३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय विराटनगर (ख) हाट खोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको बताइएको छ ।