२०८३ बैशाख २३ गते , बुधबार

झापाका १४२ सहित प्रदेश १ मा थपिए ११३५ कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ माघ ७ गते , शुक्रबार
झापाका १४२ सहित प्रदेश १ मा थपिए ११३५ कोरोना संक्रमित

विराटनगर ।  प्रदेश १ मा पछिल्लो २४ घण्टामा धरानमा १३० जना सहित १ हजार १ सय ३५ जनामा कोरोना सङ्क्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, सङ्खुवासभामा ३, इलाम र भोजपुरमा २/२, पाँचथर, तेह्रथुम र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३/३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा २/२, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा १/१, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहबीमा ६, हरिनगरमा ३, वराहक्षेत्र र बर्जूमा २/२, गढी र रामधुनीमा १/१, झापाको बिर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा ८, हल्दिबारीमा ५, बाह्रदशी र कमल गाउँपालिकामा ४/४, कचनकवलमा ३, बुद्धशान्ति र स्थानीय तह नखुलेका २/२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २/२, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १, सङ्खुवासभाको मादीमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १/१, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा १/१, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा १/१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । आक्रमणमुक्त हुनेमा ३६ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २०४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार