२०८३ भाद्र १४ गते , आईतबार
आदर्श स्कुलद्वारा मुसहर बस्तीका १५ परिवारलाई ब्लाङकेट वितरण
झापा । कनकाई नगरपालिका-४ स्थित मुसहर बस्तीका १५ घरपरिवारलाई जाडोबाट बच्न ब्लाङकेट वितरण गरिएको छ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले आफ्नो भूतपूर्व स्वर्गीय विद्यार्थी हेम कुमारी महतको वार्षिक पुण्य तिथिको अवसरमा मुसहर बस्तीका परिवारलाई ब्लाङकेट वितरण गरेको हो ।
स्वर्गीय विद्यार्थीका बुवाले मुसहर बस्तीमा ब्लाङकेट तथा न्यानो लुगा वितरण गरेको कलेजका तालिम संयोजक दीपक दासले जानकारी दिए । कार्यक्रममा आदर्श स्कुलका शिक्षक, विद्यार्थी र सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो । कलेजले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्तरगत उक्त कार्यक्रम गरेको संयोजक दासले बताए ।