२०८३ भाद्र १४ गते , आईतबार
पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु
झापा । मोरङको रतुवामाई नगरपालिका- ९ मा पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका- ७ का २५ वर्षीय मदन श्रेष्ठ रहेका छन् ।
बिहीबार बेलुका ६ बजे रतुवामाई -९ स्थित बक्राहा खोलाको निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार श्रेष्ठ खोलाको डिलमा गाडेको मोटरबाट पानी तान्ने ट्युबवेल चलाउँदा करेन्ट लागि घाइते भएका थिए । घाइते श्रेष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।