२०८१ माघ २५ गते , शुक्रबार
बिर्तामोडमा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । बिर्तामोड नगरपालिका- ४ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- १० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ वर्षीय पूर्णलाल लिम्बु रहेका छन् ।
उनीहरूलाई बिहीबार राती ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले शङ्कालागि चेक जाँच गर्ने क्रममा ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।