२०८३ भाद्र १४ गते , आईतबार

हल्दिबारी गाउँपालिका १ नम्बर वडा लकडाउन

sajilo news
पार्थ मण्डल
२०७८ माघ ६ गते , विहीबार
हल्दिबारी गाउँपालिका १ नम्बर वडा लकडाउन

हल्दिबारी । जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनालाई कोरोना संक्रमण देखिएपछि हल्दिबारी गाउँपालिका- १ नम्बर वडा कार्यालयले लकडाउन घोषणा गरेको छ । बुधवार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरुष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यसमा जनजागृति माविका ६ जना शिक्षक रहेका छन् । आज बसेको हल्दिबारी गाउँपालिका- १ को कोरोना रोकथाम नियन्त्रण समिति र सर्वदलीय बैठकले आजदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

वडाध्यक्ष त्रिलोचन सापकोटाले जारी गरेको सूचनामा आजदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाउने ,साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्ने,स्थानीय व्यवसाय तथा वित्तीय कारोबारहरू स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाई सेवा प्रदान गर्ने, ओमिक्रोनको लक्षण हुने र सङ्क्रमितहरूको कनट्याक्ट ट्रेसिङमा पर्नेहरूले प्रत्येक हप्ताको शुक्रबार गोलधाप स्वास्थ्य चौकीमा गई एन्टीजेन टेस्ट गराउने निर्णय गरिएको उल्लेख छ ।


सम्बन्धित समाचार