२०८३ भाद्र १४ गते , आईतबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ माघ ६ गते , विहीबार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदिन गाउँपालिका- ३ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर बिहीबार दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मेरिङदिन गाउँपालिका १ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरका चालक र सहचालक घाइते भएको र उनीहरूलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार