२०८३ भाद्र १४ गते , आईतबार

पश्चिमी वायूको प्रभावले हल्का वर्षा र हिमपात

sajilo news
पार्थ मण्डल
२०७८ माघ ६ गते , विहीबार
पश्चिमी वायूको प्रभावले हल्का वर्षा र हिमपात

झापा । अहिले बिहान सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटफुट वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए। 

प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने  छ। उनकाअनुसार उच्च पहाडी तथा हिमाली भ–ूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् पौडेलले बताए। दिउँसो अधिकतम तापक्रम १५ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ। 

सम्बन्धित समाचार