२०८१ माघ २७ गते , आईतबार

पृथ्वीनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ ५ गते , बुधबार
पृथ्वीनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । भद्रपुर- १ स्थित पृथ्वीनगरको हिमाली चोकबाट बिहीबार ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पृथ्वीनगरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको टोलीले भद्रपुर- १ हिमाली बस्ने १६ वर्षीय सञ्जीव केदेम लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उनलाई ब्राउन सुगर ५ मिलिग्राम, लागु औषध प्रोमोथाईजन ४५ एम्पुल, लुपिजेसिक ४५ एम्पुल र डाईजिपाम ४५ एम्पुल बरामद गरेको छ । ब्राउन सुगर र लागु औषधसहित पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि सीमा प्रहरी चौकी सोमबारे बुझाइसकेको छ । 

सम्बन्धित समाचार