२०८३ भाद्र १४ गते , आईतबार

केचना बजारमा दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा दुर्घटना, चार जना गम्भीर घाइते

sajilo news
पार्थ मण्डल
२०७८ माघ ४ गते , मंगलबार
केचना बजारमा दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा दुर्घटना, चार जना गम्भीर घाइते
झापा । कचनकवल गाउँपालिका- ४ स्थित केचना बजारमा मङ्गलवार साँझ दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घटनामा परी तीन भारतीय नागरिकसहित चार जना गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । केचना बजारको दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बिआर ३७ टी ९००८ नम्बरको मोटरसाइकल र  विपरीत दिशाबाट आउँदै गरेको बिआर ३७ इ १८९४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी बिआर ३७ टी ९००८ नम्बरको मोटरसाइकल चालक गाउँपालिका ४ बस्ने ३० वर्षीय प्रदीप गणेश, सोही मोटरसाइकल पछाडि सवार भारत किशनगञ्ज जिल्ला कादोगाउँ बस्ने ३० वर्षीय हरण गणेश, बिआर ३७ इ १८९४ नम्बरको मोटरसाइकल चालक कादोगाउँ बस्ने ३५ वर्षीय मोहम्मद वोकिल मिया र सोही मोटरसाइकल पछाडि सवार कादोगाउँ बस्ने मोहम्मद हासिल मिया घाइते भएका छन् । घाइतेहरूको टाउको, अनुहार, खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते चारै जनाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता दुर्घटनामा परेका दुवै मोटरसाइकल सीमा प्रहरी चौकी केचनाले नियन्त्रणमा लिएको जनाइएको छ । 

सम्बन्धित समाचार