२०८३ भाद्र १४ गते , आईतबार

अत्यावश्यक बाहेक पासपोर्ट वितरण बन्द

sajilo news
पार्थ मण्डल
२०७८ माघ ४ गते , मंगलबार
अत्यावश्यक बाहेक पासपोर्ट वितरण बन्द

झापा । कर्मचारीमा कोरोना संक्रमण फैलिएपछि राहदानी विभागले सेवा कटौती गरेको छ। विभागले कार्यालयका कर्मचारीहरुमा कारोना भाइरसको कारण विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका अतिआवश्यक बोहकका सेवा स्थगित गरिएको जनाएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘विभागका कर्मचारीहरूमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ।

यस पूर्व विभागले दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ।’ विभागले विदेशमा उपचारका लागि जाने र अति आवश्यक काम परेको अवस्थामा अनलाइन फारम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध दिन आग्रह गरेको छ।​

सम्बन्धित समाचार