२०८३ बैशाख २३ गते , बुधबार
नेपालमा एकै दिन थपिए १० हजार बढी कोरोना संक्रमित
झापा । पछिल्लो २४ घन्टामा देशभर १० हजार २ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज एक जना संक्रमितको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएका छन्।