२०८३ भाद्र १४ गते , आईतबार
कचनकवलको कुखुरा फर्म आगलागी, १०० कुखुराको चल्ला जलेर नष्ट
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकास्थित एक कुखुरा फर्ममा सोमबार दिउँसो ३ बजे आगलागी भएको छ । कचनकवल गाउँपालिका- १ स्थित घेरावारि निवासी निर बहादुर रायले सञ्चालन गर्दै आइरहेको कुखुराको फर्म आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट १०० वटा कुखुराको चल्ला जल्नुका साथै दाना र कुखुराको खोर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट तीन लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगो प्रहरी चौकी घेरावारि र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।