२०८१ माघ २५ गते , शुक्रबार

कुटपिट गरी छिमेकीको हत्या, एक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ ३ गते , सोमबार
कुटपिट गरी छिमेकीको हत्या, एक पक्राउ
झापा । सोलुखुम्बुमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  माप्य दुधकोशी गाउँपालिका -१ बुम्रे निवासी ४५ वर्षीय वाङदी शेर्पाले आइतबार पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोलीले शेर्पालाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

सम्बन्धित समाचार