२०८३ बैशाख २३ गते , बुधबार

भूकम्प सुरक्षा दिवसमा पालिकालाई स्वास्थ्य सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ माघ २ गते , आईतबार
भूकम्प सुरक्षा दिवसमा पालिकालाई स्वास्थ्य सामग्री वितरण

झापा । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराका साथ आज २४औँ भूकम्प सुरक्षा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले विभिन्न पालिकालाई स्वास्थ्य सुरक्षणका सामग्री वितरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा रेडक्रस सोसाइटीको संयोजनमा भएको कार्यक्रममा मेची अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर एक थान, रेडक्रसका एम्बुलेन्सलाई २० थान अक्सिजन सिलिन्डर, शिवसताक्षी, कनकाई नगरपालिका, झापा र गौरीगञ्ज गाउँपालिकालाई १० वटा दरले समुदायलाई विपद् प्रतिकार्यका लागि खोज तथा उद्धार सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा सघन सहरी विकास आयोजनाका प्रमुख राजेन्द्र खतिवडाले आवास, संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी निर्माण गर्नुपर्ने र उक्त कार्यका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय पालिकाका प्रमुख उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार