२०८१ माघ २५ गते , शुक्रबार

झापामा १६ कार्टुन माछा र अवैध काठ बरामद

sajilo news
पार्थ मण्डल
२०७८ माघ २ गते , आईतबार
झापामा १६ कार्टुन माछा र अवैध काठ बरामद

झापा । झापा प्रहरीले १६ कार्टुन माछा र अवैध काठ बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान गौरादह नगरपालिका- ३ स्थित सहिद गेट अगाडी भारतबाट अवैध रुपमा लुकाइछिपाई भन्सार छलेर नेपाल भित्राइएको १६ कार्टुन माछा बरामद गरेको हो । 

बरामद गरिएको माछा मे १ च ३६३२ नम्बरको छोटा हात्ती नामक (पिकअप) गाडीमा हालेर लगिरहेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । माछाको नेपाली बजार मूल्य एक लाख ९२ हजार रहेको जनाइएको छ । पशु क्वारेनटाइन चेकजाँच बिना माछा भारतबाट ल्याउन नेपालमा प्रतिबन्धित छ । 

बरामद गरिएको ६४० केजी माछालाई इलाका प्रहरी कार्यालय गौरादहमा सबैको रोहबरमा आजै नष्ट गरिएको उनले बताए । माछाको नेपाली बजार मूल्य एक लाख ९२ हजार रहेको जनाइएको छ ।  त्यस्तै प्रहरीले शनिवार दिउँसो १२ बजे बुद्धशान्ति गाउँपालिका- १ स्थित दामा खोलाबाट सखुवा जातको गोलिया काठ बरामद गरेको छ । 


इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएका प्रहरी टोलीले ४७ किवी सखुवा काठ बेवारिसे अवस्थामा बरामद गरेको हो । बरामद गरिएको काठलाई आवश्यक कारबाहीका लागि श्री रोङ सब डिभिजन वन कार्यालय इलामलाई बुझाइसकेको उनले बताए ।


सम्बन्धित समाचार