२०८१ माघ २५ गते , शुक्रबार

मेचीनगरमा बाल यौन दुराचार गरेको अभियोगमा एक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ २ गते , आईतबार
मेचीनगरमा बाल यौन दुराचार गरेको अभियोगमा एक पक्राउ
झापा । मेचीनगर नगरपालिका बाल यौन दुराचार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  मेचीनगर नगरपालिका- ९ दुर्गा टोलका ४० वर्षीय नरबहादुर कार्की रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

कार्यालयका अनुसार कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति बाल यौन दुराचार गरेको भन्ने खबर प्राप्त हुनासाथ कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार