२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए ४६३६ कोरोना संक्रमित, चार जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १ गते , शनिबार
देशभर थपिए ४६३६ कोरोना संक्रमित, चार जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।  १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो।  शुक्रबार २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित थपिएका थिए। यो परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत हो। यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको मन्त्रालयको विवरण छ। 

सम्बन्धित समाचार