२०८१ माघ २५ गते , शुक्रबार
सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

झापा । मोरङको लेटाङ नगरपालिका- ९ वसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्र बहादुर राई रहेका छन् । शुक्रबार बिहान १० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अवस्थामा फेला पारेको हो ।
उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस ९गुलेली०–१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।