२०८३ बैशाख २३ गते , बुधबार

कोरोना ग्राफ उकालो लाग्दै, आज थपिए ५ हजार बढी संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३० गते , शुक्रबार
कोरोना ग्राफ उकालो लाग्दै, आज थपिए ५ हजार बढी संक्रमित

झापा । नेपालमा एकैदिन ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।  १३ हजार ४ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार २ सय ४ र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ८३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टाको अवधिमा ३ सय ६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको मन्त्रालयको विवरण छ। 

सम्बन्धित समाचार