२०८३ बैशाख २३ गते , बुधबार

झापामा एकैदिन थपिए २५ जना संक्रमित, यस्तो छ प्रशासनको आदेश (सूचनासहित)

sajilo news
पार्थ मण्डल
२०७८ पौष २७ गते , मंगलबार
झापामा एकैदिन थपिए २५ जना संक्रमित, यस्तो छ प्रशासनको आदेश (सूचनासहित)

झापा । पछिल्लो २४ घण्टामा झापामा थप पच्चीस जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेची कोटीहोम ल्याबमा ७२ जनालाई परीक्षण गर्दा १८ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्ला बाहिरको ल्याबबाट २ जना र एन्टिजेन विधिबाट ५ जनालाई संक्रमण पुष्टि भएको हो ।

सोमबार जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको थियो । झापामा पिसिआर प्रविधिबाट ७४ र एन्टिजेनबाट २२ गरी हाल ९६ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ३ जना अस्पतालमा उपचाररत छन् भने अन्य होम आइसोलेसनमा रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको जारी निर्णयसहितको आदेश यस्तो छ 




सम्बन्धित समाचार